प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय
२०८१ माघ १७ गते विहिवार
- बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने, ‘संघीय संसदको हिउदे अधिवेशन जसलाई विधेयक अधिवेशन पनि भनिन्छ यसलाई व्यवस्थित, थप प्रभावकारी कसरी बनाउने र हाम्रो दल प्रमुख प्रतिपक्षीदलको रुपमा रहेका जिम्मेवारीहरु छन्, एउटा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाजहरु सदनमा उठाउने र अन्य विपक्षी दलहरुलाई पनि लिएर हाम्रा मध्य एकता हुनसक्ने विषयवस्तुमा सामुहिक रुपमा आवाज बुलन्द गर्ने यी जिम्मेवारीलाई व्यवस्थित गर्नको लागी बैठक सम्पन्न भएको छ ।’
सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’